एसेज सिरिजअन्तर्गत अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा स्लो ओभर बलिङका कारण आइसिसीले इंग्ल्यान्डलाई जरिवाना लगाएको छ । आइसिसीको विज्ञप्ति अनुसार इंग्ल्यान्डले तोकिएको समयमा पाँच ओभर कम बलिङ गरेको भन्दै म्याच फिको १०० प्रतिशत जरिवाना तोक्नुका साथै आइसिसी टेस्ट च्याम्पियनसिपमा ५ अंक घटाएको छ ।
आइसिसी एलिट प्यानलका रेफ्री डेविड बुनले यो फैसला सुनाएका हुन् । यो खेलमा अस्ट्रेलियाले ९ विकेटको सहज जित हात पारेको थियो ।
कसरी यो जरिवाना तोकियो ?
आइसिसी टेस्ट च्याम्पियनसिपको अनुच्छेद १६.११.२ का अनुसार तय भएको समयभित्र निश्चित ओभर पूरा गर्न नसकेको खण्डमा प्रत्येक ओभर बराबर १ अंक घटाइने प्रावधान छ । त्यसैले इंग्ल्यान्डले निर्धारित समयमा पाँच ओभर कम बलिङ गरेको हुँदा टेस्ट च्याम्पियनसिपमा उसको ५ अंक घटाइएको हो ।
त्यस्तै आइसिसी आचार संहिताको अनुच्छेद २.२२ (न्युनतम ओभर गतिसँग सम्बन्धित) का अनुसार निर्धारित समयमा पूरा ओभर बलिङ गर्न नसेकामा प्रत्येक ओभर बराबर म्याच फिको २० प्रतिशत जरिवाना लगाइने प्रावधान छ । त्यसैले इंग्ल्यान्डलाई म्याच फिको १०० प्रतिशत जरिवाना लगाइएको हो ।
ट्रेविस हेडलाई पनि जरिवाना
आइसिसीले अस्ट्रेलियालाई पहिलो खेल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्याटर ट्रेविस हेडलाई पनि म्याच फिको १५ प्रतिशत जरिवान लागएको छ ।हेडले आइसिसी आचार संहिताको अनुच्छेद २.३ उल्लंघन गरेको बताइएको छ । यो कुनै पनि अन्तर्राष्ट्रिय खेलका दौरान अपशब्द (अभद्र भाषा) प्रयोग गर्नेसँग सम्बन्धित छ ।
योसँगै हेडले १ डिमोटिभ प्वाइट पाएका छन् । अब हेडले अगामी २४ महिनाभित्र अर्को डिमोटिभ प्वाइन्ट प्राप्त गरेको खण्डमा अन्तर्राष्ट्रिय खेल गुमाउने छन् ।आइसिसीको नियम अनुसार कुनै पनि खेलाडीले २४ महिनाभित्र २ डिमोटिभ प्वाइन्ट प्राप्त गरेको खण्डमा १ टेस्ट वा समान २-२ एकदिवसीय वा टि-२० अन्तर्राष्ट्रिय खेल गुमाउने प्रावधान छ ।
अन्तराष्ट्रिय इंग्ल्यान्डलाई आइसिसीको जरिवाना