पुष १,रौतहट
सर्लाहीमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । कविलासी नगरपालिकामा आगलागीमा परि एकै परिवारका दिदी–बहिनीको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति सवा ९ बजे विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७ सिर्सिया बस्ने जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी घाइते भएकी छिन् । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर जलेर नष्ट भएको छ । यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ । गएराति साढे ११ बजे बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा ७० वर्षीया नसिर खाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

अघिल्लो सामग्रीपुटिन र सी जिनपिङबीच वार्ता
यसपछिको सामग्रीरक्षामन्त्री रिजालले दिए राजीनामा