मंसिर ६
सफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका वडाध्यक्षहरुले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले गालीगलौज गर्दै दुर्व्यवहार गरेपछि वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन्। जनकपुरधाम उपमहानगर वडा नम्बर ४ स्थित सञ्चय कोषको कार्यालय नजिक गाई मरेको थियो। त्यो गाई हटाइदिन आग्रह गरेँ तर त्यो गाई हटाउनुको साटो उल्टै गालीगलौज गर्न थाले, वडाध्यक्ष सिंहले भने। नगर प्रमुख लालकिशोर साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई समेत दुर्व्यवहार गर्ने गरेको आरोप उनले लगाए।
नगर प्रमुख जनकपुरधाम सफा गर्नका लागि यसअघि नै गम्भीर थिएनन्, अब आएर जनप्रतिनिधिलाई नै गालीगलौज तथा दुर्व्यवहार गर्न थालेपछि बाध्य भएर उपमहानगरको कार्यालयमा तालाबन्दी गर्नुपरेको हो, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए।

उपमहानगरमा तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए। वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नारावाजी गरेका थिए।

अघिल्लो सामग्रीकांग्रेसको दुईपक्षबीच विवाद
यसपछिको सामग्रीनेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, कति तोकियो मूल्य र?