मंसिर १५,रौतहट(सास)// रौतहट सदरमुकाम गौर बाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गौर नगरपालिका १ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही नगरपालिकाको १९ वर्षीय रोशन कुमार सहनीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउ“सो लागूऔषध ओसारपसार गदैै गरेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले अनिल मिट हाउस भित्र खाजा खादै“ गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध नाईट्रोभेट २०० पत्तामा तिन हजार पिस र बि आर ०५ ए एल ४०६९ नम्बरको मोटरसाईकल बरामद गरेको मल्ललले जानकारी दिए ।
पक्राउ परेका दुवै माथि आवश्यक कार्वाही हुने र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
अपराध लागुऔषध सहित दुई जना पक्राउ