मंसिर १५,रौतहट //अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक बालोन डि ओरको उपाधि जितेका छन् । मेस्सीको यो सातौ बालोन डि ओर अवार्ड हो । यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होलाई पछि पारे । मेस्सीले ६१३ अंक प्राप्त गरे । लेवान्डोस्कीले ५८० तथा जर्गिन्होले ४६० अंक प्राप्त गरेका थिए । करिम बेन्जेमा, ेकान्टे, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह, केभिन डि ब्रुएन, केलियन एमबाप्पे र जियानलुइजी डोन्नररुम्मा शीर्ष १० मा रहेका छन् । रोनाल्डो छैटौ स्थानमा रहे । पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डो सन् २०१० यता पहिलो पटक शीर्ष ३ मा पर्न असफल भएका थिए । उनी हरेक सिजनमा दावेदारको रुपमा रहँदा शीर्ष तीनमा पर्दै आएको थिए । उनी सर्वाधिक १७ पटक मनोनयनमा परेका छन् । मेस्सीभन्दा पछि रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।
खेलकुद मेस्सीले जिते सातौं पटक बालोन डि ओर उपाधि