मंसिर १३,रौतहट ‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले मिस टुरिजम नेपाल, मनिषा छिनाल मिस ल्यान्डस्केपस नेपाल, वविता आचार्य मिस स्कुवा नेपाल, प्रमिला विश्वकर्मा मिस मल्टिनेशनल नेपाल घोषित भए । सबै विजेताले रु ५० हजार नगदसँगै बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । फोटोग्राफर राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे निर्णायक रहेका थिए । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा १५६ युवतीको सहभागीता रहेको थियो । जसको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा बिभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो ।

अघिल्लो सामग्रीसर्लाहीको कांग्रेसको वडा अधिवेशनमा झडप, मतदान अधिकृत सहित ८ जना घाइते
यसपछिको सामग्रीसहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीलाई पहिलो अंक