रौतहट १२,मंसिर

दुर्गाभगवती गाउँपालिकामा माओवादी केन्द्र को प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर)को प्रमुख आतिथ्यमा भएको कार्यक्रम बाट शम्भु सिंह को अध्य्क्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।

कार्यक्रममा प्रदेश न.२को सदस्य बिपिन जयसवाल ,दुर्गाभगवती गाउँपालिका अध्य्क्ष प्रत्यासी उमेदवार शम्भू सिंह, वार्ड नं.३को वार्ड अध्य्क्ष डी.के झा, मुकेश गुप्ता ,झलक श्रेठ,लालबाबू शाह,लालबाबु चौधरी, रमेश महतो,ललन पंडित, भरत दास, बिरेन्द्र पांडेय,रामानन्द यदाव,लक्ष्मी शाह, गौरी शंकर यदाव, र राजकिशोर महतो लगायत पार्टी का नेता तथा कार्यकर्ताहरु को सहभागिता रहेको थियो।
यस्तै जिल्लाको १८ स्थानीय तहमध्ये १२ ओटामा पालिकास्तरीय अधिवेशन सम्पन्न भईरकेको छ ।
६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिएका छन् ।

अघिल्लो सामग्रीसर्लाहीमा आमासहित दुई बच्चा मृत फेला
यसपछिको सामग्रीदेवाही गोनाहीमा फलेको धानमा आगलागी हुदा लाखौको क्षति