मंसिर २,रौतहट

चन्द्रपुर नगरपालिका वडा नम्वर ८ मा मेयर कप ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा ब्याडमिन्टन क्लव सन्तपुरको आयोजनामा भोलि ९शुक्रबार ० ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको हो।क्लवका उपाध्यक्ष विश्वदिप राज चौधरीका अनुसार सो प्रतियोगितामा रौतहट ,सर्लाही र बाराका गरी २४ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार प्राप्त गर्ने छ,भने दोस्रो हुने टिमले नगद १० हजार प्राप्त गर्ने छ ।

बिजयी हुने टिमका लागि नगदका अलावा मेडल ,प्रमाणपत्र र कपको व्यवस्था गरिएको आयोजक क्लवका उपाध्यक्ष चौधरीले जानकारी दिएका छन् ।प्रतियोगिताको उदघाटन भोलि बिहान ८ बजे चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले गर्ने कार्यक्रम रहेको छ । आयोजकले सो प्रतियोगिताले खेलाडीको स्तरबृद्धीमा सहयोग पुग्ने बिस्वास लिएको छ ।

अघिल्लो सामग्रीजुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिति जिन्टा
यसपछिको सामग्रीप्रदेश २ का चार मन्त्रालयमा सचिव नहुदा प्रशासनिक गतिविधि अन्योलमा