२ मङ्सिर,रौतहट
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालय सचिव विहिन बनेको हो ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मुख्यमन्त्री राउतसँगै रहेको वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयमा अहिले सचिव छैनन् ।मन्त्रालयमा सचिव नहुँदा प्रदेश सरकारको काम प्रभावित हुँदै आएको छ ।मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन संघीय मन्त्रालयमा पटकपटक आग्रह गरेको प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीले बताएका छन्  । सचिव नहुँदा मन्त्रालयको प्रशासनिक गतिविधि रोकिएको छ ।

अघिल्लो सामग्रीभोलि सन्तपुरमा ब्याडमिन्टन प्रतियोगिता हुने
यसपछिको सामग्रीकांग्रेसको दुईपक्षबीच विवाद