१ मंसिर,रौतहट

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन् ।
बुधबार प्रदेशभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत पाए भने एमालेले विपक्षमा मत हाल्यो । उनको विपक्षमा २९ मत पर्‍यो । ९२ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ७९ जना उपस्थित थिए ।विश्वासको मत लिनुअघि तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अघिल्लो सामग्रीअब कहिल्यै बन्द नहोस्
यसपछिको सामग्रीरेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने