१० मंसिर,रौतहट
पर्सा प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा।३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागेर चेकजाँच गर्दा चालक बस्‍ने सिटमुनि बोराभित्र लागुऔषध भेटिएपछि ट्रकसहित चारैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा उपमहानगरपालिका(७का ४५ वर्षीय राजु बस्नेत, मेची नगरपालिका(५० वर्षीय गोपाल थापा र हेटौंडा उपमहानगरपालिका(६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेका छन् । प्रहरीले एउटा ट्रकबाट कोरेक्स ५४ बोत्तल र अर्को ट्रकबाट कोरेक्स २२३ बोत्तल गरी जम्मा २७७ बोत्तल लागुऔषध बरामद गरेको छ ।

अघिल्लो सामग्रीराखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
यसपछिको सामग्रीचितवनमा नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह सुरु