मंसिर १३,रौतहट// एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए । ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् ।नेता पण्डितले भने, मैले यसअघि पनि पदाधिकारीमा प्रतिस्पर्धा गर्छु भनेको थिए“ । पदाधिकारी भइनँ भने त्याग गर्छु भनेको थिए । मैले नोमिनेसन दर्ता गराइनँ । पदाधिकारीमा ठाउ“ नदिएपछि उनले केन्द्रीय सदस्य पनि अस्वीकार गरेको बताएका छन् ।पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा थिएँ । त्यसमा नेतृत्वले अर्कै सूची घोषणा गरेपछि बागी, विद्रोही बन्न चाहिनँ । बागी र विद्रोह मेरो खुनमा छैन, उनले भने, अहिले जस्ता प्रतिनिधि आउनु भएको छ, यो परिस्थितिमा नेतृत्वको सूचीबाहिर गएर उम्मेदवारी दिनुको अर्थ थिएन ।
उनी महाधिवेशन नसकि“दै चितवनबाट काठमाडौं फर्किसकेका छन् ।

अघिल्लो सामग्रीप्रदेश सरकारको वेबसाइट भएन अपडेट,प्रवक्तासमेत अनभिज्ञ
यसपछिको सामग्रीसर्लाहीको कांग्रेसको वडा अधिवेशनमा झडप, मतदान अधिकृत सहित ८ जना घाइते