मंसिर,६
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई लाभांश बापत दिएको बोनस शेयर नेप्सेमा समायोजन गरेसँगै नयाँ मूल्य तोकिएको हो ।
बैंकले लगानीकर्तालाई दिएको १२.६१ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएसँगै अब बैंकको शेयर मूल्य प्रतिकित्ता ४ सय ८ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको शेयर मूल्य समायोजन गरेको हो । बैंकको शेयर पछिल्लो पटक ४ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।