कार्तिक २२,
न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलास आज पनि बहिष्कार गरेका छन् । सहमतिविपरीत इजलास तोकेको भन्दै १५ जना न्यायाधीशले इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधीश जबराले आज ६ वटा इजलास तोकेका छन् ।
ती इजलासमा सातवटा बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ । जबराले न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा। कुमार चुडाल, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी तोकिएका छन् ।
जबरा स्वयं र न्यायाधीश डा। चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका छन्। उनीमाथि मन्त्रिपरिषद् र संवैधानिक नियुक्तिमा भाग लिएको लगायत आरोप छ ।

अघिल्लो सामग्रीप्रधानन्यायाधीश जबराले इजलास तोकेपछि अन्य न्यायाधीश असन्तुष्ट
यसपछिको सामग्रीडिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल