१० मंसिर,रौतहट
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सन्चालन गरिरहेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल लगायतका नेताहरुको सहभागी रहेको छ । भारत लगायतका देशबाट निम्ताइएका विदेशी पाहुनाहरु मञ्चमा आसिन छन् ।महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन पुगेका छन् ।
राजनीति चितवनमा नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह सुरु