रौतहटःअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका छानबिन गरेको छ । आयोगको टोलीले गौर नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो । गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।
गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।

अघिल्लो सामग्री‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने
यसपछिको सामग्रीचन्द्रपुरमा बालबिवाहको अवस्था र हाम्रो दायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम