रौतहट:रौतहटको फतुवा विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन । चन्द्रपुर नगरपालिका ५ घर भई फतुवा विजयपुर ८ बस्दै आएकी सुनिल पण्डितकी २१ वर्षीय श्रीमती आशादेवी पण्डित करेन्ट लागेर गम्भीर घाइते भएकी हुन्।
घाइते आशादेवीको विजयपुरस्थित नेशनल अस्पतालमा उपचार भईरहेको उनका परीवारले जनाएका छन् । करेन्ट लागेर घाईते भएकी पण्डितको स्वास्थ्य अवस्थामा केही सुधार भएको चिकित्सकले जानकारी दिएका छन् । घर सफाइ गर्ने क्रममा आज बिहान १० बजे विद्युतको नाङ्गो तारमा टाँसिँदा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए ।

अघिल्लो सामग्रीचितवनमा रंगशाला बनाउनेतर्फ अगाडि बढ्नुपर्छ: प्रचण्ड
यसपछिको सामग्रीरौतहट,पर्सा र बारा अदालतमा कानुन व्यवसायीले चारदिन बहस नगर्ने