मंसिर १४,रौतहट// बलिउड नायिका कंगना रनौटलाई हत्या गरिदिने धम्की दिइएको छ । त्यसपछि नायिकाले प्रहरीलाई धम्की दिने भठिन्डाका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत् सेयर गरेकी हुन् । यो पोस्टमा कंगनाले एफआईआरको कपी पनि सेयर गरेकी छिन् । उनले योसँगै एउटा लामो नोट पनि सेयर गरेकी छिन् ।कंगनाले लेखिन्, ‘मुम्बईमा भएको आतंककारी हमलाका शहीदलाई याद गर्दै मैले गद्दारलाई कहिल्यै माफी नगर्न र नबिर्सिन भनेको थिएँ । यस्तो प्रकारको हरेक घटनामा आन्तरिक गद्दारको सबैभन्दा ठूलो हात थियो । नभए पाकिस्तानी आतंकवादीले मुम्बईमाथि हमला नै गर्ने हिम्मत गर्नसक्थे ।’उनले थपेकी छिन्, ‘मेरो यही पोस्टमा मलाई विघटनकारी शक्तिको तर्फबाट निरन्तर धम्की आइरहेको छ । बठिन्डाका एक भाइ साहबले त मलाई खुल्ला रुपमा मार्ने नै धम्की दिएका छन् ।’‘म यस्तो खालको धम्कीबाट डराउने खालकी छैन । देशविरुद्ध षड्यन्त्र गर्ने र आतंककारी शक्तिविरुद्ध बोल्छु र सधैं बोलिरहन्छु,’ उनले थपिन् ।
कला कंगनालाई हत्या गरिदिने धम्की