१८ कार्तिक,रौतहट
कत्तिक कृष्ण पक्षको औंशीमा आज तिहारको लक्ष्मीपूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंशीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।

यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ । यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुशीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ । यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ ।

अघिल्लो सामग्रीकाग र कुकुरको महत्वपूर्ण
यसपछिको सामग्री११४२ औ नेपाल सम्बत देशभरी कार्यक्रम आयोजना गरी मनाइँदै