रौतहट, १८ असोज //महालेखा परिक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनले रौतहटका अधिकांश स्थानिय तहमा यहाँका व्यापारीक प्रतिष्ठानको बिल भरपाईको आधारमा अनियमितता भएको प्रतिवेदन प्रस्तुत गरे पछि स्थानिय संचार माध्यमले सो बारे समाचार सम्प्रेशन गर्दा अनियमिततामा सहभागी व्यापारीहरुको पक्ष पोषणमा रौतहट उधोग वाणिज्य संघ उत्रैको छ ।
महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनलाई आधार मानी समाचार लेख्ने संचारमाध्यम विरुद्ध रौतहट उधोग वाणिज्य संघले सोमवार विज्ञप्ति नै जारी गरी धम्कीपूर्ण तरीकाले आपत्ति जनाएको छ । संघका अध्यक्ष द्धारा हस्ताक्षरीत विज्ञप्तिमा व्यापारीहरु विरुद्ध समाचार सम्प्रेशन भए आन्दोलन सहित कानुनी कारवाहिको चेतावनी समेत दिईएको छ ।
रौतहटबाट संचालनमा रहेका केहि आँनलाईन मिडियाको न्युज र्पोटलमा स्थानिय तह र व्यापारीक प्रतिष्ठानको प्रत्यक्ष संग्लनतामा अनियमितता भएको बारे समाचार सम्प्रेशन भए पश्चात महालेखा परिक्षकको कार्यालयले उल्लेख गरेका व्यापारीक प्रतिष्ठानहरुका संचालकहरुको दबाबमा बसेको रौतहट उधोग वाणिज्य संघको बैठकले धम्कीपूर्ण आपत्ति प्रकट गरेको छ । स्रोतका अनुसार व्यापारीहरुको पक्षपोषणमा उत्रन रौतहट उधोग वाणिज्य संघका पदाधिकारीहरुलाई व्यापारीहरुले बाध्य बनाई विज्ञप्ति निकालन लगाईएको हो । महालेखाको प्रतिवेदन अनुसार रौतहटमा संचालन रहेको व्यपारीक प्रतिष्ठान एलजी प्लाजा र न्यु शिव शक्ति ईम्पोरियम, चुकी ईन्टरप्राईजेज, केशरी सप्लायर्स, सागर जनरल सप्लायर्स, जय माँ मनोकामना सप्लायर्स, माँ मनोकामना टे«ड एण्ड सप्लायर्स, जय माँ लक्ष्मी टेडर्स एण्ड जेनरल सपलायर्स, उमंग टेडर्स, पशुपति टेडर्स, सिक्युरिटी वल्र्ड, आकाश सिड्स लगायतका व्यापारीक प्रतिष्ठानहरु बाट स्थानीय तहहरुले करोडौको सामान खरिद गरेका थिए भने सो प्रतिष्ठानहरुको खरिद र भुक्तानी प्रक्रिया त्रुटिपूर्ण रहेको, बेरुजु रहेको, कागजात नमिलेको, दोहोरो भुक्तानी भएको, सामान नै नदिई भुक्तानी लिएको लगायतका विभिन्न अनियमितता देखिएको छ । रौतहट उधोग वाणिज्य संघले जारी गरेको विज्ञप्ति माथी नेपाल पत्रकार महासंघ का केन्दि«य सदस्य शिवपुरीले आपक्ति प्रकट गर्नुका साथै भ्रष्टाचार लगायतका विषयमा प्रमाण सहित सत्य तथ्य समाचार लेख्न कुनै संचारमाध्यम पछाडि हट्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।