२४ असोज,रौतहट
साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९.४५ सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई १ ० ले हरायो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३ २ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

अघिल्लो सामग्रीकात्तिकको दोस्रो साताबाट ‘द भ्वाइस किड्स’ प्रसारण हुने
यसपछिको सामग्रीप्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक बिना संशोधन पारित