२२ असोज,रौतहट
रौतहटको गरुडाबाट चेक जाच गर्ने क्रममा लागु औषध सहीत दुई जना पक्राउ परेका छन ।गत मंगलबार रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित रहेको ईलाका प्रहरी कार्यालय गरुडाको कार्यालय अगाडी चेक जा“च गर्ने क्रममा लागु औषध कोरेक्स सहित दुई जना पक्राउ परेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्री राम भण्डारी जानकारी दिएको हो । विषेश सूचनाको आधारमा चेकजा“च गर्ने क्रममा गत मंगलबार ईलाका प्रहरी कार्यालय गरुडाको कार्यालय अगाडी गौर चन्द्रनिगाहपुर सडक खण्डमा चेक जा“च गर्ने क्रममा गौर तर्फबाट आउदै गरेको ना १ ज ५६१८ नम्बरको पिकअप गाडीलाई रोकी चेक जा“च गर्दा सो गाडीमा जुत्ता बनाउने सामग्री मध्ये सोल, रेगजिन, हावा मेसिन, केमिकल ड्रम, समेत रहेको थियो ।
उक्त समान धनी समेतलाई सोध खोज गर्दा सोही बेला समान धनी समेत आई पुगेकोले निज चालक तथा समान धनीको रोहवरमा समानहरुको चेक जा“च गर्दा सोल, रेगजिन रहेको बोराहरु मध्येबाट चेक जा“च गरीएको थियो । चेक जा“च गदै जाने क्रममा सोहि बोरा मध्येको ७ नम्बरको बोरामा सोल रहेकोमा सो बोरा भित्र लागु औषध कोरेक्स डिएक्स ५० एमलको ७ पिस रहेकोमा कानुन बमोजिम खान तलासी लिई वरामद भएको हो । बरामद भएको लागु औषधको खानतलासी वरामदी मुचुल्का समेतको कार्य पुरा गरी गाडी चालक रौतहट जिल्ला गौर नगरपालिका वडा नं.३ मा बस्ने बर्ष ४७ को पवन राय यादव र समान धनी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा बस्ने खडक बहादुर पौडेलको श्रीमती बर्ष २८ की रेणुका लामिछाने पक्राउ परेका छन । पक्राउ परेका निजहरुलाई बुधबार सम्मानित जिल्ला अदालत रौतहट गौरबाट २० दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक भण्डारी बताएका छन ।