१३ कार्तिक,रौतहट
जनमत पार्टिले शुक्रबार बेलुकी रौतहटमा भष्ट्रचार विरुद्ध प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम गौर स्थित विपि चोकमा निकालेको मसाल जुलुसमा प्रदर्शनकारी र प्रहरी बिच घमसाघमसी समेत भएको हो । जसमा परि पार्टिका दुई कार्यकत्ता घाइते भएका छन् ।
डा सिके राउतको नेतृत्वको जनमत पार्टिका केन्द्रीय कार्यकारी समितिले घोषणा गरेको सताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज रौतहटमा पार्टिका नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस र्याली प्रदर्शन गरेका छन । जनमत पार्टी जिन्दावाद, जनता राज जिन्दावाद, नेता राज मुर्दावाद, अत्याचारी सरकार मुर्दावाद, भ्रष्टाचार राजिनामा दे लगायतका नाराहरु लगाउदै पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्लाको सदरमुकाम गौरको विपि चोकमा मशाल जुलुस निकाली र्याली प्रदर्शन गरेका छ्न ।