कार्तिक ९, रौतहट

रौतहट जिल्लाको राजदेवी न.पा. वडा नं ४ स्थित बागमती खोलाको बगर पानीमा एक जना पुरुषको शव बरामद भएको छ ।अन्दाजी ३५ ४० बर्षको पुरुषको शवको अहिले सम्म पहिचान हुन् नसकेको रौतहट प्रहरीले जनाएको छ । मृतकको शव सडीगली दुरगन्धित अवस्थामा पानीमा तैरीरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । शवको मुचुल्का उठाई शवलाई पोष्ट मार्टमको लागी गौर अस्पतालमा पुर्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताए ।

शवको सनाखत हुन नसकेकोले पहिचान गर्न सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नं ९८५५०४०९९९ र १०० नं मा सम्पर्क गरी वा उपस्थित भई सनाखत गराई दिन रौतहट प्रहरीले जनकारी गरेको छ ।

अघिल्लो सामग्रीआज ७५३ पालिकामा एमाले अधिवेशन
यसपछिको सामग्रीपरिचयपत्र नखुलेकालाई कोठा भाडामा नदिन सरकारको आग्रह