२ कार्तिक,रौतहट
मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात ‘मोहम्मद जयन्ती’को अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक विदा गरेको छ ।देशभरी का मुस्लिम धर्मावलम्वीहरुले धुमधाम तथा हर्षउलासका साथ मनाउदै आएका छन । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार र व्यवहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए । समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र विकृतीहरुको विरुद्ध उनी ठुलै संघर्ष गरेका थिए ।
विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाईने भएकोले प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो । संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा गरेकोछ ।