चन्द्रपुर,२४ असोज
रौतहटको चन्द्रपुर न.पा ०५ मा रहेको मुनलाइट एकडेमीले आइतवार बिजया दशमीको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ ।आइतवार सो बिधालयले शिक्षक, अभिभावक, बिधार्थी , शुभ चिन्तक हरु माझ शुभ कामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।सो कार्यक्रममा बिध्यालयका संचालक समितिका सदस्य बिभु पोखरेल,अभिभावक अवधेशहरी भट्टराइर्,प्राचार्य श्याम चौधरी,शिक्षक धुर्व सिग्देल,पत्रकार तथा अभिभावक सुब्बा कार्की, रमेश तिमल्सिना, अशोक पहाडी, सागर हुमागाई लगायतको अभिभावकहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै विद्यालय का प्राचार्य श्यामकिशोर चौधरीले मुनलाइट एकेडेमीले गुणस्तरीय शिक्षाका लागि कसैसंग पनि सम्झौता नगर्ने बताउनुभयो । उहाले समयको माग अनुसारको शिक्षा प्रदान गर्न मुलाइट सक्षम रहेको र गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्ति भएकै कारण प्रदेश नं. २ कै उत्कृष्ट हुन समेत सफल भएको बताउनुभयो । यस्तै संचालक समितिका सदस्य बिभु पोखरेलले आफुहरु एउटा माध्यम मात्र रहेको बिध्यालयको शैक्षिक अवस्था गुणस्तर शिक्षक गणले मात्र गर्न सक्ने बताए । कार्यक्रममा अभिभावक तथा पत्रकार सुब्बा कार्कीले मुनलाइट यतिखेर अभिभावकको रोजाईमा रहेकोले अभिभावकले मुनलाइटको विकल्प नै नदेखेको बताउनुभयो । उत्कृष्ट शिक्षा, अनुशासन, कडा मेहनतका कारण प्रदेशमा मात्र होइन यहा अध्ययन गरेका विद्यार्थी देशकै उत्कृष्ट शैक्षिक संस्थामा समेत उत्कृष्ट हुन सफल भएको बताउनुभयो ।
अभिभावक अवधेशहरी भट्टराईले सवै वातावरण र मापदण्डमा अब्बल रहेको मुनलाइटले अभिभावकको आग्रहलाई समेत मनन गरेर अगाडि बढेकोले नतिजा उत्कृष्ट रहेको बताउनुभयो ।मुनलाईट एकेडेमीका सम्पुर्ण शिक्षक,बिध्यार्थी र कर्मचारीनै नमुनारहेको पोखरेलले बताए । मुनलाइट एकेडेमी का अध्यक्ष बिनोद घिमिरे ले उपस्थित सम्पुर्ण शिक्षक÷शिक्षिका,अतिथिहरु,अभिभावक संचारकर्मी र कर्मचारीहरुलाई टीका लगाइ ,मायाको चिनो समेत प्रदान गरेका छन् ।हिन्दुहरुको महान चाड बडा दशैं एक सदभाव, भाईचारा र हर्षोउल्लासको पर्व रहेको हु“दा सम्पुर्ण,बिध्यार्थी अभिभावक,कर्मचारीहरुमा अध्यक्ष घिमीरेले शुभकामना प्रकट गरेका छन् । शुभकामना आदानप्रदान कार्यक्रमको संचालन भने बिध्यालयका एकेडेमीक डाईरेक्टर दिपक घिमिरेले गरेका थिए ।