रौतहट,१९ मंगलवार
रौतहटको बागमती नदीमा एक जना बेपत्ता भएका छन् । छिमेकी को मलामी गएका बेला जिल्लाको माधवनारायण नपा ६ माधोपुरका ५० वर्षीय गंगाराम बैठा बागमती खोलामा बेपत्ता भएका हुन्।
छिमेकीको मृत्यु भएपछि गाउँभन्दा पूर्व रहेको पिपरा रजबाडा गाउँनजिक बागमती नदीमा अन्तिम संस्कार गर्ने क्रममा नदीमा नुहाउन पसेका बैठालाई बागमति खोलाको भेलले बगाएको हो।लगातार दुई दिन पानी परेपछि नदीमा जलस्तर बढेको र पानीको बहाव तीव्र भएकोले बैठालाई भेलले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका बैठाको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोताखोर परिचालन गरी स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट का डिएसपि नारायण प्रसाद चिमोरियाले बताए।
आवरण मलामी गएका एक जना खोलामा गायव