bokashi ko aparadhi
bokashi ko aparadhi

१ कार्तिक,रौतहट
मोहतरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाई कपाल खौरिदिइएको छ ।

महोत्तरी प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको जनाइएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका टुक्राहरू, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकका ग्लास र बियरको बोतलसमेत बरामद गरेको छ ।गत बुधबार बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा सुकमरियालाई स्थानीय सिकिन्दर महतोलगायतले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाई कपाल समेत खौरेर अपमानजनक ढंगले दुर्व्यवहार गरेको महोत्तरी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बित्तिकै सिकिन्दर महतोकी १३ वर्षीया छोरी काजल कुमारी रुन थालिन् । त्यसपछि सिकिन्दर समेतले सुकमरिया देवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाई कपालसमेत मुन्डन गरेर अपमानजनक दुर्व्यवहार गरेको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक मिश्रले बताए ।

अघिल्लो सामग्रीकात्तिक ६ गते बाट नेकपा एमालेको वडा अधिवेशन हुने
यसपछिको सामग्रीप्रभु साह: प्रदेश न २ सरकार विकासको काममा असक्षम रह्यो