रौतहट,२१ असोज
चन्द्रपुरको जंगलमा बिहिबार बिहान बाघको आक्रमण बाट एक जना घाईते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग मा पर्ने लमाहा पुल पारी कालिखोला नजिकै घास काट्न गएका चन्द्रपुर ६ का यज्ञ बहादुर रायमाझी लाई बाघले आक्रमण गरेको हो ।
साईकलमा घाँस दाउरा लिन जाँदै गर्दा बाघ देखिएको र भाग्न खोज्दा पछाडी बाट आक्रमण गरेको संगै घास काट्न गएका अर्का ब्यत्तिले बताए ।
बाघको आक्रमण बाट घाईतेको दुवै हातमा चोट लागेको छ । उनको उपचार चन्द्रपुर ४ स्थित सिभिल हस्पिटलमा भईरहको छ ।
उनीहरु ७ जनाको समुहमा घाँस दाउरा लिन जंगल गएका थिए ।बाघले आक्रमण गरेपछि आफू सग भएको बन्चरोले बाघ लाई हानेर भाग्न सफल भएको घाइते ले बताएका छन ।
एकबर्ष अघि देखि शुरु गरीएको बाघ गणनामा रौतहटको जंगलमा ४ वटा बयस्क बाघ रहेको फेला परेको थियो ।रौतहटमा धनसर खोला पूर्व, वाग्मती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएको थियो ।
केही महिना अघि रौतहटको चन्द्रपुर ६ का एकयुवक बाघको आक्रमणबाट मृत्यु भएको थियो भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते भैसकेका छन ।