२२ असोज,,काष्ठमाण्डौ
कोरोनाका कारण बन्द रहेका फिल्म हल बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल खोलिएको हो । सरकारले फिल्म हल खोल्न केही अगाडि अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन । देशभरका मल्टिप्लेस र सिंगल थियटर प्राय सबै खुलेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । केही हल खुल्न बाँकी पनि होलान्,ती पनि विस्तारै खुल्छन्, शर्माले भने तिहार अगाडि फिल्म रिलिजको वातावरण पहिलेझै हुन्छ ।गत वैशाखबाट बन्द रहेका हल केही अगाडि खुल्ने तरखरमा थियो । तर,प्रदर्शनका लागि फिल्म अभावको कारण खुल्न सकेको थिए । फिल्म हल खुलेपनि हलमा भने नेपाली फिल्म लागेको छैन ।
हलिउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्दै अहिले हल खोलिएको हो । फिल्म प्रदर्शनका लागि निर्मातालाई आकर्षित गर्न चलचित्र विकास बोर्डले मंगलबार केही राहतका प्याकेज समेत सार्वजनिक गरेको थियो । राहतका प्याकेजमा रिलिज फिल्मलाई पब्लिसिटी,प्रचार सामाग्री छपाई लगायतको शीर्षकमा ७ लाख बराबरको सहयोग गर्ने जनाएको छ । लामो समयपछि खुलेको हलमा नेपाली फिल्म भने फूलपाती अर्थात २६ असोजबाट मात्र प्रदर्शनमा आउँनेछ । यो दिन दुई नेपाली फिल्म ‘डाडाको बरपीपल’ र ‘धन्दागिरी’ रिलिज हु“दैछ ।