काठमाडौं /
पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । बिहान बथरुममा लडेर टाउँकोमा चोट लागेपछि नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याएको र त्यहाँ उनलाई मृत घोषित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) मा कार्यरत सञ्जिव पाण्डेले जानकारी दिए ।
घरेलु फुटबलका चर्चित रेफ्री मध्येका ५० बर्षे खत्री बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यहि लडेर अचेत भएपछि अस्पताल लगिएको थियो । अन्तिम श्रद्धान्जलीका लागि खत्रीको शव सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने एन्फाले जनाएको छ ।