कार्तिक ११,रौतहट
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार अपरान्ह ४ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा दशौं महाधिवेशन सम्बन्धमा विषेश छलफल हुनेछ । महाधिवेशनको मापदण्ड र कार्यतालिका सम्बन्धमा पार्टीको स्थायी कमिटीको बैठकमा छलफल हुने तामाङले बताए ।
यसैगरी, एमालेको कात्तिक ६ गते भएको वडा अधिवेशन र कात्तिक ९ गते भएको पालिका अधिवेशनको समीक्षा पनि बैठकमा गरिनेछ । महाधिवेशन आउँदो मंसिर १० देखि १२ गते चितवनमा आयोजना हुँदैछ ।
आवरण नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार बस्ने