१४ कात्तिक, रौतहट

धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ । शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताए । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

अघिल्लो सामग्रीजनमत संग्रह गरियोस् चुनाव लड्न चाहन्छौं : विप्लव
यसपछिको सामग्रीसाझावाणी दैनिक कार्तिक १४ गते आइतबार