२१ आश्विन
हिन्दुहरुको महान चार्ड वडा दशैंको पहिलो दिन आज सनातन धर्मावलम्बीहरुले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गरेकाछन् । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो। शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहर्तमा घटस्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिने परमपरा रहदै आएकोछ।