२२ असोज,रौतहट

पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । विपिन रावल ४० रनमा अविजित रहे । रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन जोडदा लोकेश बम शुन्य रनमा आउट भए । भैरहवाका भुवन कार्कीले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । त्यस्तै आ
िरफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाए पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान २÷२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १÷१ विकेट लिए ।ल यससँगै पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।
अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा पोखरा चितवनसँग नै पराजित भएको थियो । चितवन पनि पहिलो पटक फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

अघिल्लो सामग्रीजनमत पार्टीद्वारा अख्तियार कार्यालय घेराउ, ज्ञापनपत्र बुझाए
यसपछिको सामग्रीबन्द रहेका फिल्म हल खुल्यो