२३,असोज,रौतहट
दशैं नजिकिय संगै यती बेला जिल्लाको बजारमा फलफुल र तरकारीको भाउ बढेको पाईएको छ ।चाडबाडको बेलामा फलफुल बढि जसो प्रयोग हुने गर्दछ । आफ्न्त ईष्ट मित्रको घर जादा फलफुल लिएर जाने गरीन्छ । फलफुल र तरकारीको उच्च माग हुदा“ यति बेला ब्यापनरीहरुले भाउ ह्वत्तै बढाएका छन् । चाडबाडको समयमा हरियो तरकारी र फलफुलको मूल्य ह्वात्तै बढेको पाइएको छ। ताजा हरियो तरकारीको उत्पादन घटेको तथा चाडपर्वका केही तरकारीको माग बढेको हुनाले हरियो तरकारी र फलफुलको मूल्य करिब दोब्बरले वृद्धि भएको देखिएको हो।

दशैको मुखमा बजारमा ब्यपक भिडभाड छ । गत हप्ता प्रति किलो ६० देखि ७० रुपैया“सम्म पाइने काउली दशैं लागे संगै एक सय ७० देखि २ सय रुपैया“ किलोसम्म बिक्री भएको पाइएको छ । रौतहटको मुख्य बजार चन्द्रपुरमा काउली १ सय ५० रुपैया“मा एक किलो बिक्री भएको हो ।स्याउको मूल्य १५० रुपैया बाट २०० देखी २५० सम्म लिएको पाईएको छ ।जिल्लाका मुख्य बजारहरु गौर, गरुडा, चन्द्रपुर, कटहरिया, समनपुर, माधोपुर, पिपरा, राजपुर, मौलापुरसहित अन्य साना हाटबजारमा पनि तरकारी र फलफुलको मूल्य आकासिएको हो ।तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैया“ प्रतिकिलो बिक्री भइरहेको छ ।फलफुल बजारमा,औसतमा मूल्य स्याउ २०० देखी ३००,केरा १५० देखी १८०,अनारको ३०० देखी ४०० प्रतिकिलो बिक्रि भईरहेको छ ।चाडपर्वमा बढी माग हुने स्याउ तथा केरा र कटर, तरकारीमा काउलि,आलु,गोलभेडाको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो। स्थानीय उत्पादन नहु“दा बाहिरबाट झिकाउनु पर्ने र उत्पादन हुने ठाउमा माग अत्यधिक भएकोले मूल्य वृद्धि भएको खुद्रा व्यापारीहरुको भनाइ रहेको छ।

रौतहटको बजारमा खपत हुने परवल, लौका, आलु, प्याजको अधिकांश भाग भारतबाट आउ“छ भने काउली, बन्दा, मूला, गोलभेडा मकवानपुर आउने गर्दछ । भन्टा, घिरौला, झिगुनी, भिन्डीजस्ता हरियो तरकारी प्रायः स्थानीय उत्पादन हुने गर्दछ । फलफुलमा केरा यही उत्पादन हुन्छ भने स्याउ भारत बाट आयात हुने गर्दछ । स्थानीय जातका तरकारीको उत्पादन पनि कम भएको छ।
चाडपर्वको समयमा आलु, काउली, परवल, केरा आदि तरकारीको तरुवा पकाएर खाने चलन रहेकोले पनि हरियो तरकारीको माग बढी हुने गरेको छ। पहाडीया समुदायमा दशैं तिहारलाई बिशेष पर्वको रुपमा लिइने भएकोले पनि तरकारीको माग बढी भएको उपभोक्ताहरुको भनाइ छ।

चाडपर्वको समयमा जुन हरियो तरकारी र फलफुलको को माग बढी हुन्छ त्यसैको मूल्य अस्वभाविक रुपमा बढ्ने गरेको चन्द्रनिगाहपुरका एक उपभोक्ता बताउ“छन्। चन्द्रनिगाहपुर बजार स्थित रकारी बजारमा भेटिएका एक उपभोक्ताले गुनासो गरे, चाडबाडको समयमा सम्बन्धित निकायले बजार अनुगमन गरेर तरकारीको आपूर्ति सहज बनाउनु पर्ने तथा लागतभन्दा दोब्बर नाफा लिएर उपभोक्तालाई लुट्ने ब्यपारीलाई कनुनी रुपमा कार्वही गर्नु पर्ने बताए । चाडबाडको समयमा हरियो तरकारीको मूल्य अत्यधिक वृद्धि हु“दा उपभोक्ताको बजेट सन्तुलन बिग्रिने र चाडबाड नै खल्लो हुने गरेको गुनासो रहेको छ। नाफाखोरहरुलाई कारबाही नगरेसम्म उपभोक्ताले यस्तो नियति भोगिरहनु पर्ने गौरका बुद्धिजीवीहरुको भनाइ छ।

अघिल्लो सामग्रीकिन राजदेवी मन्दिरमा महिलालाई प्रवेशमा राक ?
यसपछिको सामग्रीकात्तिकको दोस्रो साताबाट ‘द भ्वाइस किड्स’ प्रसारण हुने