रौतहट,१० कार्तिक
रौतहटको चन्द्रनिगाहपुरमा लागुऔषध सहित २ जनालँई प्रहरीले प्रक्राउ गरेको छ ।
मंगलबार चन्द्रपुर नगरपालिका वडा नम्बर ४ पुर्व पश्चिम राजामार्गबाट विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त प्रहरी टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ५ पोखरिया बस्ने कुरुमान अंसारीको छोरा २२ बर्ष को रोज महमद र सोही नगरपालिका वडा नम्बर २ बस्ने खैरु दासको छोरा ३७ बर्षको देवेन्द्र दास रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।झोला भित्र लुकाई छिपाई ल्याएको १० वटा प्याकेटमा ३ हजार नाईट्रोभेट र निट्राजेपाम ट्याव्लेट प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । पक्राउ परेका २ जनामाथि बिशेष अनुसन्धान भईरहेको डिएसपी लामिछानेको भनाई रहेको छ ।
अपराध चन्द्रनिगाहपुरबाट लागुऔषध सहित २ जना पक्राउ