नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ। एमालेले देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनका अनुसार ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन हुने छ। एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदै छ ।

अघिल्लो सामग्री‘इकुपिताङ’ मार्फत फर्कियो ‘इकु’
यसपछिको सामग्रीबोक्सीको आरोपमा मलमूत्र खुवाइयो, चार जना पक्राउ