२४ असोज,रौतहट
रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जादा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका सई प्रभुप्रसाद साहले बताए ।

अघिल्लो सामग्रीप्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक बिना संशोधन पारित
यसपछिको सामग्रीलागूऔषधसहित दुई भारतीय पक्राउ