कार्तिक ८
काठमाडौं । एएफसी यू२३ एसियन कप छनोटमा नेपालले आज सोमबार बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआत गर्ने योजनामा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।हाम्रा तीनै विपक्षीहरू गुणस्तरीय टोली छन् । हामीले वास्तविकतालाई स्वीकार गर्नुपर्छ र हामी राम्रो नतिजाको लागि तत्पर छौं । मेरा केटाहरू र म हाम्रो सक्दो प्रयास गर्नेछु, प्रशिक्षक महर्जनले भने ।
तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । किनकि इरानविरुद्धको यू-२३ खेलमा नेपालले जित निकाल्न सकेको छैन ।
नेपालले यू २३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५-० ले पराजित गरेको थियो ।
छनोटको समूह बी मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

अघिल्लो सामग्रीटी–२० विश्वकपमा पाकिस्तानको शानदार जीत
यसपछिको सामग्रीपहिलो खेलमा नेपाल इरानसँग पराजित