२५ असोज,रौतहट
दर्शकले अत्याधिक मन पराएको पात्र ‘इकु’ सानो पर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् । इकुपिताङ को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए । सुलेमानले आफनै अफिसियल च्यानल इकु इकु बाट यसको प्रसारण सुरु गरेका हुन् । दर्शकले आनो हातमा रहेको मोवाइलबाट पनि हेर्न पाउन् भनेर सिधै युट्युवबाट ल्याइएको सुलेमानको भनाई रहेको छ ।
बालकदेखि बृद्धसम्मले मन पराएको पात्र इकु समेटिएको सिरियलको नयाँ नयाँ भाग अबदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउनेछन् । सिरियलमा इकु को भूमिका सुलेमानै छन् । यसअगाडि पनि अन्य सिरियलमा यो भूमिका उनले नै निर्वाह गरेका थिए ।सुलेमानको अलवा सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिनेछ ।योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत सिरियलमा छ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृंखला हल्का रमाइलो को केही भागमा इकु लाई प्रस्तुत गरेका थिए । पहिलो पटक इकु हास्य सिरियल मेरी बास्सैमा देखिएको थियो ।दर्शकले रुचाएको इकु को भूमिकामा फेरि देखिन पाउँदा निकै खुसी लागेको छ । फेरि एक पटक इकु बनेर दर्शकलाई भरपूर मनोरञ्जन दिनेछु सुलेमानले भने, दर्शकले सँधै भन्नुहुन्थ्यो इकु कहिले हेर्न पाइन्छ । दर्शकको चाहनाअनुसार नै इकुपिताङ निर्माण भएको सुलेमानले सुनाए ।पहिले बालबालिकालाई इकु को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन सुलेमानले थपे अहिलेको पुस्ता माझ पनि इकु चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि इकुपिताङ जन्मियो ।राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन सिरियलमा रहेको छ ।



