पत्रकार महतद्धारा पुरस्कारमा पाएको रकम डोम जातीका बिधार्थी लाई सहयोग
रौतहट,०९ कर्तिक
ग्रामीण बिकास केन्द्र (आरडिसि ) नेपालको आयोजनामा समान र न्यायीक समाजको लागि लैगिंकि हिंसा न्यूनीकरण परियोजना अन्तर्गत महिला हिंसा न्यूनीकरणको क्षेत्रमा कलम चलाउने रौतहटका ७ जना अग्रज पत्रकारहरुलाइ सम्मान गरेको छ । सम्मान हुनेमा नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य शिव पुरी,अन्नपुर्ण पोष्टका रौतहट प्रतिनिधि तथा सुप्रिम संचार प्रा.लि का अध्यक्ष फणि महत, नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि शैलेन्द्र कुमार गुप्ता, रातोपाटी डटकमका जिल्ला प्रतिनिधि संजय कुमार मिश्र, द हिमालय टाइम्सका जिल्ला प्रतिनिधि प्रभात झा, राजदेवी एफएमका सामाचार वाचिका बिना श्रीवास्तव, जनकपुर टुडेका जिल्ला प्रतिनिधि राकेश यादव लाई सम्मान गरेको हो । ईस्लामिक रिलिफ नेपालको सहयोगमा आरडिसी नेपालको आयोजना तथा नेपाल पत्रकार महासघ रौतहट शाखाको समन्वयमा समान र न्ययिक समाजको लागि लैङिक हिसा नियुकरण परियोजना अन्तर्गत रौतहटमा ७ जना पत्रकार लाई नगद ५ हजार का दरले पुरस्कार सहित सम्मान गरिएको हो ।
यस्तै पुरस्कार सहित सम्मान गरेको ५ हजार रकम डोम जातीका बिधार्थी लाई सहयोग गर्ने पत्रकार फणि महतले घोषणा गरेका छन ।
जनज्योती उमाबि चन्द्रपुरमा अध्ययनरत दुइजना डोमजातीका बिधार्थी रोहित मलि र अनिल मलि डोमलाई हस्तान्तरण गर्ने पत्रकार महतले जनाएका छन ।