१८,असोज
शुक्रवारदेखि माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै छ । लिग चरणअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्दी श्रीलंकाको सामना गर्न लागेको हो । पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई एक शून्य गोल अन्तरले हराएको नेपाल आज पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइएको छ ।
खेल नेपाली समयअनुसार राती पौने दश बजे शुरु हुने छ ।
खेल माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा हुँदै छ । पहिलो खेलमा नेपालको जितकालागि डिफेन्डर मनिष डाँगीले गोल गरेका थिए ।

अघिल्लो सामग्रीपूर्व फिफा रेफ्री लव खत्रीको निधन
यसपछिको सामग्रीमौसम बिस्तारै खुल्दै जाने, अब ठूलो पानी नपर्ने