असोज तिन अर्थात देशले संविधान पाएको दिन । देशले संविधान पाएको ७ वर्ष पूरा भएको छ । संविधान दिवसको अवसरमा देशभरी बिभिन्न कार्यक्रम गरी मनाईदै छ ।
यस्तै सातौ संविधान दिवसको अवसरमा नेपालि काङ्ग्रेसले रौतहटको चन्द्रनिगाहपुरमा दिप प्रज्वलन गरी मनाएको छ ।चन्द्रपुर ४ स्थित लोकतान्त्रिक पार्कमा दिप प्रज्वलन गरी नेपालि कांग्रेसले संविधान दिवस मनाएको छ ।
आईतबार साझ नेपाली काग्रेस चन्द्रपुर नगर कमिटिको आयोजना एवं रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमल्सिनाको प्रमुख अतिथ्यतामा ७ औं संविधान दिवशको अवसरमा दिप प्रज्वलन गरिएको हो । सो कार्यक्रम संविधान सभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवशको शुभकामना सहित दिप प्रज्वलन गरिएको रौतहट क्षेत्र नं. ४ का सांसद मा. देव प्रसादतिमल्सिनाले बताए । केपि सरकारले नेपालको संविधान बिपरीत दुई पटक प्रतिनिधि सभा बिघटन,सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना,अध्यादेशको राजनितिमा समय बितेको बताएका छन् । नेपाली काग्रेसले बिगतका दिनहरुमा नेपालको संबिधान जोगाउन बिभिन्न कार्यहरु गर्दै आएको तथा धेरै बिषयहरु संविधानको दायरामा ल्याएको बताउदै सम्पुर्ण देसबासीलाई संबिधान दिवशको अवसरमा शुभकामना समेत दिए ।


उक्त कार्यक्रममा प्रदेश सभा सदस्य धनलाल ठोकर,क्षेत्रिय सभापति रामस्नेही राय यादव,प्रदेश सभा क्षेत्र नम्बर ४ (क) का सभापति नरेश लामिछाने,वडा नम्बर ५ का वडा अध्यक्ष संजय कुमार काफ्ले,वडा नम्बर ९ का सभापति नवराज देवकोटा,महासमिति सदस्य मुकेश गिरी,नेपाल शिक्षक संघका सभापति रामकृपाल यादव,महाधिवेशन प्रतिनिधि भगवान दर्लामी,नेपाली काग्रेंसका युवा नेता देवराज कार्की, नवराज कोईराला,कल्याण कार्की,जिल्ला कार्यसमिति सदस्य सुमन गौतम,स्वतन्त्र बिद्यार्थी युनियनका सभापति संगम श्रेष्ठ,उपसभापति गोपाल हुमागाई,वरिष्ठ सदस्य भिमराज अधिकारी (सुशिल),महिला नेत्रृ लक्ष्मी बराल,सानुमाया ठोकर बिध्यार्थी नेता अश्विन उपाध्याय लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । संविधानको रक्षा गर्नु हाम्रो मुख्य दायीत्व रहेको बिध्यार्थी नेता अश्विन उपाध्यायले बताए ।

अघिल्लो सामग्रीसंविधानको संशोधन गर्न जरुरी छ ः प्रभु साह
यसपछिको सामग्रीचन्द्रपुरका संचारकर्मीहरु संग रौतहट प्रहरी प्रमुखको अन्र्तक्रिया