रौतहट ११ असोज
रौतहटमा१८ बर्ष अघिको रिसिबीको बदलामा एक जनाको हत्या भएको खुल्न आएको छ । गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार निबासी ५० बर्षिय रोहिणी प्रसाद घोरासैनि को हत्यामा संलग्न पक्राउ परेपछि पुरानो रिसिबीको बदलामा हत्या भएको खुल्न आएको छ ।
कालापानी सामुदायिक जंगलमा हत्या गरेपछि रोहिणी प्रसाद घोरासैनीको शब साढे तीन फिटको रुखमा झुण्ईएपनि शब भने भुइमा नै लत्तारिएको थियो । लासको प्रकृति हेर्दा स्थानिय आशर्चाय चकित भएका थिए । हत्यामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिका–३ निबासी ४५ बर्षिय प्रल्हाद फुयाल, पर्सा जिल्ला पर्सागढी नगरपालिका–१ सृजना टोल निबासी २४ बर्षिय रमेश पहरी, पुर्बी नवलपरासी जिल्ला कावासोती नगरपालिका–८ निबासी २३ बर्षिय सुर्य भण्डारी लाई पक्राउ गरेको छ । घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ निबासी कप्तानटोल निबासी ३८ बर्षिय सहदेब भन्ने डोल प्रसाद बोलखे फरार रहेका जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रमुख उपरिक्षक बिनोद घिमिरले बताएका छन् ।

घोरासाईनको हत्या गर्न बोलखेले पक्राउ परेका फुयाल मार्फत ३ लाखमा पहरी र भण्डारी लाई प्रयोग गरेको अनुशन्धान बाट खुल्न आएको प्रहरी उपरीक्षक घिमिरेले बताए । हत्या गरिएका रोहिणी प्रसाद घोरासैनीको बुवा भिमदत घोरासैनी लाइ ०६४ सालमा योजनाकार बोलखेको परिबारले बोेक्सा(बोक्सीको आरोप लगाएपछि भएको रिसीबि साध्न हत्या गरिएको खुल्न आएको छ । रोहिणी प्रसाद घोरासैनिको योजनाबद्ध रुपमा हत्या भएकोमा घोरासैनिका परीवारले कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । हत्या अभियुत्तमा पक्राउ परेका तिन जना मध्य चन्द्रपुर नगरपालिका–३ निबासी ४५ बर्षिय प्रल्हाद फुयाल बिगतमा बिप्लव समुहमा रहेको थिए । पैसा र पावरको आडमा हत्यारा छुट्ने होकी भन्ने चिन्तामा मृतकघोरासैनिको परीवार रहेका छन । मृतकका श्रीमती पुर्ण कुमारी घोरासैनीले हत्यामा संलग्न लाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गर्नु भएको छ ।
हत्यामा संल्न रमेश पहरीले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी सुर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ । हत्या गरेपछि संलग्नहरुले आत्महत्याको प्रकृती देखाउन खोजीएपनि अनुसन्धान बाट हत्या भएको खुलेपछि संलग्न पक्राउ गरिएकोप्रहरी उपरिक्षक बिनोद घिमिरेले बताउनु भयो ।
उहाले पक्राउ परेकाहरु लाई कर्तब्य ज्यान मुध्दामा जिल्ला अदालत गौर बाट म्याद थप गरी अनुसन्धान भैरहेको बताउनु भयो । तीन महिना अघिनै घोरासैंनीको हत्या गर्ने योजना बनेपनि उनीहरुले बनाएको अनुसन्धान बाट खुलेको छ ।


यस्तै जिल्लामा पछिल्लो समय हत्या,महिला हिंसा,बलतकार जस्ता घटनाहरुमा बृद्धि हुदै गएको छ । चन्द्रपुर नगरपालिका वार्ड नं. तिन मा बिभिन्न समयमा गरी १५ जनको हत्या भैसकेको वार्ड अध्यक्ष रवि देवकोटा बताउछन् । प्रहरीको जनसक्त्ति कम हुनु र अराजक ब्यत्तिहरुले गाउमा एक किसिमको आतंक मच्चाईरहेको अवस्थामा प्रहरीले शान्ति सुरक्षा कायम राख्न बिभिन्न समयमा गस्ति गनुपर्ने चन्द्रपुर नगरपालिका वार्ड नं. ३ का अध्यक्ष रवि देवकोटाले बताए ।

अघिल्लो सामग्रीइजरायली सेनाको आक्रमणमा ४ प्यालेस्टाइनी मारिए
यसपछिको सामग्रीप्रदेश २ मा बुधवार बिदा