रौतहट, १० असोज
रौतहटको ईशनाथ नगरपालिकामा स्रोत नखुलेको ४ लाख ५१ हजारसहित एक जना पक्राउ परेको छ ।
ईशनाथ नगरपालिकाको वडा नम्बर २ औरैया स्थित नेपाल सिमा नजिक प्रहरी चौकी औरैयाबाट खटेको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रीलाई रोकी चेकजा“च गर्ने क्रममा बिआर ३० वाइ ७२२२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक इशनाथ नगरपालिकाको वडा नं.३ औरैया घर भई भारत वस्ने बर्ष २९ को निरज कुमार राय र मोटरसाईकल पछाडि सवार सोही नगरपालिका वस्ने वर्ष ७० को रामचन्द्र राउतलाई स्रोत नखुलेको नगदसहित प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारततर्फ लैजान लागेको श्रोत नखुलेको नेपाली नगद चार लाख एकाउन्न हजार फेला पारी निजहरुलाई नियन्त्रणमा लिई मोटरसाईकल समेत थप अनुसन्धान तथा कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अपराध स्रोत नखुलेका रकमसहित २ जना पक्राउ