रौतहट ३,असोज
संविधान दिवसको अवसरमा रौतहटको गौर कारागारमा रहेका ५ जना कैदीको कैद मिनाहा गरिएको छ।
मन्त्री परिषद्को भदौ २९ गते बसेको बैठकको निर्णय बमोजिम राष्ट्रपति विद्या देवी भण्डारीले देशैभरका ५ सय ३१ जनाको कैद मिनाहा गरेकी हुन् ।
सोही अनुसार गौर कारागारबाट विभिन्न मुद्धामा सजाय भोगिरहेका ५ जनाको सजाय मिनाहा गरिएको हो।
गौर कारागारका अनुसार कर्तव्य ज्यान मुद्धाका ३ जना, सवारी ज्यान मुद्धाका १ जना हात हतियार तथा खर-खजाना मुद्दाका १ जना गरी ५ जनाको कैद मिनाहा गरिएको हो। कर्तब्य ज्यान मुद्धा लागेका सर्लाही बरहथवा न.पा.( ३ बस्ने बर्ष ४८ बर्षिय राम दास,रौतहट कटहरिया १ बस्ने बर्ष ३२ को रामनारायण दास तत्मा र हाल चन्द्रपुर ८ बस्ने बर्ष ४९ को शेरप लो लाई सविधान दिवसको अवसरमा आम माफि दिईएको छ। यस्तै सोहि अवसरमा सवारी ज्यान मुद्धामा जेल परेका रौतहटको माधवनारायण २ लौकाहा बस्ने बर्ष २४ को समसुदिन साई र त हतियार तथा खर-खजाना मुद्दा जेल परेका रौतहटको यमुनामाई गा.पा ४ बस्ने बर्ष २६ को दिलिप कुमार साहलाई मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि विनोद घिमिरेले जानकारी दिनु भयो ।

अघिल्लो सामग्रीकिरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री
यसपछिको सामग्रीसंविधानको संशोधन गर्न जरुरी छ ः प्रभु साह