११,असोज
काठमाडौं । तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे ।
राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए ।
संसद सचिवालयको विवरण अनुसार झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।

अघिल्लो सामग्रीसरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा
यसपछिको सामग्रीइजरायली सेनाको आक्रमणमा ४ प्यालेस्टाइनी मारिए