०५अशोज,चन्द्रपुर
करीब एक महिना रित्त रहेको रौतहट प्रहरी प्रमुखकको पदमा यतिबेला प्रहरी उपरिक्षक बिनोद घिमीरे आसिन छन्। भाद्र २८ गते हाजीर भएका प्रहरी प्रमुख घिमीरे यतिबेला जिललाको समग्र अवस्था,शान्ति सुरक्षा र सिमा क्षेत्रको बिषय बुझ्न ब्यस्त छन् । यसै दौडानमा घिमिरेले चन्द्रपुरका संचारकर्मीसँग अन्र्तक्रिया कार्यक्रम गरेका छन् । आईतवार हिमालयन होटलको सभा हलमा रौतहटको शान्ति सुरक्षाको अवस्था तथा चुनौतीको बारेमा घिमिरेले पत्रकारहरु संग राय र सुझाव लिएका छन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, अवैध चोरी निकासी, पैठारी, झै झगडा, प्रहरी आचरण, प्रहरीको सेवा प्रदानमा लगाएतको बारेमा पत्रकारसंग कार्यक्रममा छलफल गरिएको हो । इमान्दारीता मानव जातीको मुख्य मन्त्रलाई शिरोपर गर्दै आफ्नो कार्य र कर्तब्य बाट पछि नहट्ने उपरिक्षक घिमीरले बताए । शान्ति सुरक्षा स्थापनाका लागी पत्रकारहरुको अहम भुमिका रहने भएकाले आफु पत्रकारहरुसँगै सहकार्य गर्दै अगाडी बढ्ने घिमिरेले जिकिर गर्नु भयो । रौतहटका पत्रकारहरुको समग्र हालको स्थिती र सुरक्षा निकायले अपनाउनु पर्ने भुमिकाका बारेमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले प्रहरी प्रमुखलाई जानकारी गराएका थिए ।


प्रहरी उपरिक्षक बिनोद घिमीरे
कार्यक्रममा सम्पुर्ण संचारकमीहरुले आफ्नो राय,सल्लाह र प्रहरीले सुधार्नु पर्ने बिषयमा चर्चा भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका डिएसपि लिलाराज लामिछाने , पत्रकार महासंघ रौतहटका सल्लाहकार संजय कार्की , नेपाल प्रेस युनियन रौतहटका सभापति यादवराज पुरी ,सचिवद्धय दिपु मिश्र,पत्रकार माहा संघ रौतहटका पुर्व कोषध्यक्ष रमेश तिमल्सिना पत्रकारहरु रत्न अधिकारी,सुब्बा कार्की ,अनमोल कार्की , रुपेन्द्र पटेल , उपेन्द्र गोले ,मुकेश कुमार साह,सन्तोष काफ्ले लगायत चन्द्रपुर क्षेत्रमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । रौतहटमा भर्खर आउनु भएका घिमिरेले केही दिन अगाडी रौतहटका विभिन्न स्थानमा कार्यरत पत्रकारहरुसँग अन्र्तक्रिया गरि सकेका छन् ।

अघिल्लो सामग्रीदलाल सत्ता र बेखुस पुस्ता
यसपछिको सामग्रीसुशासनप्रति रौतहटका स्थानीय सरकार उदासीन