असोज १०
काठमाडौं/ संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिलए० को तेस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।
टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले १०।१ ओभरमा ६५–७ को अवस्थामा खेल वर्षाको कारण रोकिएको छ । मैदानमा वर्षा जारी छ । वर्षाले खेल रोकिनु अघि विक्रम सोब ७ र विवेक यादव १६ रनमा अविजित छन् ।
तीव्र गतिका बलर धाम्मिका प्रसादले पहिलो ओभरको दोस्रो बलमै ओपनर रिचार्ड लेभीलाई कभरमा कप्तान शरद भेषावकरबाट एक रनमा क्याच आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । लेभी सुरुवातमै आउट भएपछि पोखरा अन्य ब्याट्सम्यान क्रिजमा सम्हालिन सकेनन् ।
बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले दोस्रो ओभरको अन्तिम दुई बलमा लगातार दुई विकेट लिँदै भैरहवालाई सानदार सुरुवात दिलाए ।
इपिएलमा पाहिलो खेल खेलि रहेका दुर्गेशले दोस्रो ओभरको पाँचौ बलमा बायाँ हाते विपिन रावललाई ६ रनमा प्रदीप ऐरीबाट क्याचा गराए । अर्को बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा बोल्ड आउट गरे । विनोद गोल्डेन डक आउट भए ।
चौथो ओभरको पहिलो बलमा धमला विकेट लिन नसकेपछि ह्याट्रिकबाट चुकेका थिए । तर लगत्तै अर्को बलमा धमलालाई एक रनमा दुर्गेशले बोल्ड आउट गरे । पाँचौं ओभरको पहिलो बलमा अभिनाशले लोकेश बमलाई आरिफ शेखबाट शून्यमा क्याच आउट गराएपछि पोखरा १२–५ को कमजोर अवस्थामा पुगेको थियो । लोकेश पनि गोल्डेन डक भएका थिए ।
असेला गुणरत्नेलाई तमिम इकबालले २३ रनमा रन आउट गरे । पहिलो पटक इपिएल खेलेका चाइनामेन तुलबहादुर थापाले केस्रिक विलियम्सलाई शून्यमा एलबीडब्लू आउट गर्दा पोखरा ८।४ ओभरमा ५७–७ को दयनीय अवस्थामा पुगेको थियो ।

अघिल्लो सामग्रीचीनले क्रिप्टोकरेन्सीमा लगायो प्रतिबन्ध
यसपछिको सामग्रीबाग्मती नदीमा माछा मार्ने क्रममा एक बालकको मृत्यु, एक बेपत्ता